काठमाडौं, – नेपाली कांग्रेसले कीर्तिपुर नगरपालिकाको मेयरमा कृष्णमान डंगोललाई उम्मेदवार बनाउने भएको छ । यहिँ मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि कीर्तिपुरको मेयरको उम्मेलवारमा डंगोललाई बनाएको हो ।
आज बसेको बागमती प्रदेश समितिको बैठकले डंगोललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । उम्मेदवार चयन भएका डंगोल कांग्रेस कीर्तिपुर नगर सभापति पनि हुन् ।
विभिन्न ४४ रिक्त स्थानीय तहको उपनिर्वाचनको लागि भोलि उम्मेदवारी दर्ता हुँदैछ ।
प्रतिक्रिया