काठमाडौं, – नेपाली कांग्रेसले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा पार्टी कार्यालयमा झन्डा आधा झुकाउने निर्णय गरेको छ ।
केन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले मंसिर ३ र ४ गते कार्यालयमा झन्डा आधा झुकाउने निर्णय गरेको हो ।
साथै मंसिर ४ गते केन्द्रीय कार्यालय बन्द गर्ने निर्णय भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
स्वर्गारोहणको १३ औं दिनमा केन्द्रमा शोक सभाको आयोजना गर्ने पनि निर्णय केन्द्रीय समितिले गरेको छ।
बैठकले पूर्वसभामुख ढुंगानाको निधनमा गहिरो दुःख व्यक्तसमेत गरेको मुख्यसचिव पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
ढुंगानाको आइतबार दिउँसो निधन भएको थियो।
प्रतिक्रिया