मन्त्रिपरिषद् बैठक : प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत

मन्त्रिपरिषद् बैठक : प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत

काठमाडौं एक्सप्रेस

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारस्थित बसेकाे मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सहभागी मन्त्रिगणहरू । साैजन्य तस्बिर : प्रधानमन्त्रीकाे सचिवालय / रासस

काठमाडौं, – प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण स्वीकृत भएको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको भ्रमण स्वीकृत गरेको जनाईएको छ ।

प्रधानमन्त्री ओली आगामी मंसिर १७ गते चीनको औपचारिक भ्रमणमा जाँदैछन् । प्रधानमन्त्रीको भ्रमण दलमा ३९ जना सरकारी अधिकारी र ४८ जना नीजि क्षेत्रका व्यक्ति सहभागी हुनेछन् ।

त्यसअघि उनको चीन भ्रमणको तयारीका लागि आज परराष्ट्रमन्त्री आरजु राणा देउवा चीन गएकी छन् ।

Logo