गोरखा–५ मा माओवादी केन्द्रका रानामगर विजयी

गोरखा–५ मा माओवादी केन्द्रका रानामगर विजयी

काठमाडौं एक्सप्रेस

uf]gkf–% df lgjf{lrt dfcf]jfbL s]Gb|sf /fgfdu/ uf]/vf, !^ dªl;/ M uf]/vf gu/kflnsf–%, df cfOtaf/ ;DkGg ePsf] pklgjf{rgdf lgjf{lrt x’g’ePsf g]kfn sDo’lgi6 kf6L{ -dfcf]jfbL s]Gb|_ sf lai0f’axfb’/ /fgfdu/ . pxfF $ ;o *^ dt k|fKt ub}{ lgjf{lrt x’g’ePsf] xf] . /fgfdu/sf k|lt:kwL{ g]kfnL sfu|];sf efOsfhL cfn]n] $ ;o @ dt k|fKt ug'{ePsf] 5 . tl:j/ M bLks >]i7÷/f;; M

गोरखा, – गोरखा नगरपालिका–५ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का विष्णुबहादुर रानामगर विजयी भएका छन् । आइतबार सम्पन्न उपनिर्वाचनमा रानामगरले चार सय ८६ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।

उनी निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भाइकाजी आलेले चार सय दुई मत प्राप्त गर्नुभएको मुख्य निर्वाचित अधिकृत शिवबहादुर रानभाटले जानकारी दिए । त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले)का दुर्गामाया राना थापाले तीन सय ४५ मत प्राप्त गरे ।

कूल दुई हजार दुई सय २५ मतदाता रहेको उक्त वडामा एक हजार तीन सय ७३ मत खसेको थियो । खसेको मतमध्ये १८ मत बदर भएको मुख्य निर्वाचित अधिकृत रानभाट जानकारीले दिए ।

उपनिर्वाचनमा विभिन्न नौ राजनीतिक दलका नौ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका थिए । विसं २०७९ वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा विजयी हुनुभएका एमालेका खीलबहादुर रानामगरको निधन भएपछि रिक्त रहेको पदमा उपनिर्वाचन भएको हो ।

Logo