काठमाडौं, – प्रभु बैंक लिमिटेडले दुई डेन्टल हस्पीटलसँग दन्त सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता गरेका छ । प्रभु बैंक कमलादी स्थित रहेको विभान्ता डेन्टल हस्पीटल र धुम्बाराही स्थित रहेको हिमाल डेन्टल हस्पीटलसँग बैंकका ग्राहक तथा कर्मचारीहरुलाई उल्लेखित डेन्टल हस्पीटलको दन्त सेवा सुविधामा विशेष छुट प्रदान गर्ने गरि सम्झौता भएको हो ।
प्रभु बैकंका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरुले २०% छुट पाउने भएका छन । उक्त छुट सेवा सुविधा विभान्ता डेन्टल हस्पीटल र हिमाल डेन्टल हस्पीटलले दिनेछन्,बैंक स्रोतले भन्यो ।
उक्त सम्झौता¬–पत्रमा विभान्ता र हिमाल डेन्टल हस्पीटलका तर्फबाट अध्यक्ष तथा प्रबन्ध निर्देशक राजेन्द्र प्रसाद भट्ट, महाप्रबन्धक किशोर भट्ट र प्रभु बैंकका तर्फबाट चिफ मार्केटीङ अफिसर निरज लम्साल, मार्केटीङ म्यानेजर श्री सबिन राणाले संयुक्त हस्ताक्षर गरेका हुन् ।
त्यसैगरी, ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३११ शाखा कार्यालयहरु, २८४ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्पmत करिब ३५ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथ बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको उक्त विज्ञाप्तीमा भनिएको छ । साथै प्रभु बैंक फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट पनि सम्मानित भएको छ ।
प्रतिक्रिया