काठमाडौं- नेपाल निजामती कर्मचारी संगठन विभागीय कार्यसमिति संघीय संसद सचिवालयको ११औं विभागीय अधिवेशन मंगलबार सम्पन्न भएको छ। अधिवेशनले विनोद न्यौपानेलाई अध्यक्ष चयन गर्दै नयाँ कार्यसमिति चयन गरेको छ।
मंगलबार संघीय संसद सचिवालयमा सम्पन्न अधिवेशनमा प्रमुख अतिथिका रूपमा नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौला उपस्थित थिए।
विशेष अतिथिका रूपमा संघीय संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेय, संगठन केन्द्रका अध्यक्ष लेखनाथ कोइराला, उपाध्यक्ष भवानी न्यौपाने दाहाल, रेबन्त गौतम, प्रभात प्रसाद साह, उपमहासचिव रामचन्द्र अधिकारी र विजया लक्ष्मी सुवेदी, सचिवालय सदस्यहरू, केन्द्रीय सदस्यहरू, विभागीय इन्चार्ज रेणुका सुवेदी तथा आधिकारिक युनियनका पूर्व अध्यक्ष मेघराज अर्याललगायतको उपस्थिति रहेको थियो।

११औं अधिवेशनले संगठनको नयाँ नेतृत्व चयन गरेको हो। अधिवेशनबाट विनोद न्यौपाने अध्यक्षमा निर्वाचित भएका छन्। उपाध्यक्षमा केशव न्यौपाने र चन्द्रमा पौडेल चयन भएका छन् भने सचिवको जिम्मेवारी पवन महतलाई दिइएको छ। सहसचिवमा अनिषा ढकाल, कोषाध्यक्षमा सुरज पाण्डे चयन भएका छन्।
त्यस्तै, सदस्यहरूमा नवीन भट्टराई, निरज दाहाल, सुदाम सुवेदी, गणेश अधिकारी, बिनुका शेर्पा, मुना रेग्मी, अस्मिता चौलागाई, सानुकाजी महर्जन, सुजित कुमार यादव, हर्क बहादुर रावत र विन्दाकुमारी भट्टराई चयन भएका छन्।
त्यसैगरी, केन्द्रीय प्रतिनिधिका रूपमा विनोद न्यौपाने (पदेन) र प्रमिला पौडेल गौतम (खुला) चयन भएका छन्। लेखापरीक्षण आयोगतर्फ संयोजकमा प्रविन राई तथा सदस्यहरूमा निरज पन्थी र मदन शर्मा चयन भएका छन्।
उपत्यका प्रदेश प्रतिनिधिमा विनोद न्यौपाने (पदेन), लक्ष्मी प्रसाद गिरी र चन्द्रमा पौडेल चयन भएका छन्।
नवगठित समितिका पदाधिकारीहरूले संघीय संसद सचिवालयका निजामती कर्मचारीहरूको हकहितको प्रवर्द्धन गर्दै संगठनलाई अझ सशक्त बनाउन प्रतिबद्ध रहने बताएका छन्। अधिवेशनमा संगठन सुदृढीकरण, कर्मचारी सेवा सुविधाका विषयमा छलफल भएको थियो।
कार्यक्रममा उपत्यका प्रदेश कार्यसमितिका पदाधिकारी, विभागीय संगठनका अध्यक्षहरू, संघीय संसद सचिवालयका कर्मचारी युनियन अध्यक्ष तथा विभिन्न तहका कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
प्रतिक्रिया