काठमाडौं : काठमाडौंको न्यूनतम तापक्रम आइतबार पनि घटेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान ५ः४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस मापन भएको छ ।
शनिबारको तुलनामा बिहानीपख काठमाडौंमा केही बढी चिसो महशुस भएको छ ।
शनिबार न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस मापन भएको थियो । त्यसअघि शुक्रबार ६.२ डिग्री सेल्सियस मापन भएको थियो ।
काठमाडौंमा आज दिनभरि मौसम सफा रहने मौसमविद प्रतिभा मानन्धरले जानकारी दिइन ्। अधिकतम तापक्रम २० देखि २२ डिग्री सेल्सियसकाबीच रहने पूर्वानुमान छ
प्रतिक्रिया