शंकर पोखरेल र वर्षमानबीच भएको संवादले सत्ता गठबन्धनमा समस्या छैन : गृहमन्त्री

शंकर पोखरेल र वर्षमानबीच भएको संवादले सत्ता गठबन्धनमा समस्या छैन : गृहमन्त्री

काठमाडौं एक्सप्रेस

धनगढी, – गृहमन्त्री रमेश लेखकले शंकर पोखरेल र वर्षमान पुनबीच भएको भनिएको संवादले सत्ता गठबन्धनमा समस्या नहुने बताएका छन् ।

धनगढीमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले महासचिव पोखरेल र माओवादी उपमहासचिव पुनबीच फेरि वाम गठबन्धन गर्ने संवादले सत्ता गठबन्धनमा कुुनै समस्या नहुने उनको जिकिर गरेका हुन् ।

‘कुन नेताले कहाँ के बोल्छन् त्यो उहाँहरुको व्यक्तिगत र राजनीतिक कुरा हो तर संस्थागत रुपमा नेपाली कांग्रेस र एमालेबीच सत्ता सञ्चालनमा कुनै समस्या छैन,’ लेखकले भने, ‘त्यो उहाँहरु दुई जनाबीचको राजनीतिक गफ होला तर त्यसले सरकारलाई कुनै समस्या छैन ।’

गृहमन्त्री लेखकले नेपाली कांग्रेस र नेकपा एमालेबीच सरकार सञ्चालनमा कुनै समस्या नभएको र दुई दलबीचको सम्झौताअनुसार २०८४ को निर्वाचनसम्म सरकार चल्ने बताए ।

सरकारले आफ्ना कामलाई गति दिने उद्देश्यले अध्यादेश ल्याएको बताउँदै लेखकले उचित समयमा संसदमा पेश गरेर पास हुने बताए ।

Logo