अन्तरजातीय विवाहित जोडीको न्याय माग्दै आएका दलित अभियन्ता सुनार प्रहरीको नियन्त्रणमा

अन्तरजातीय विवाहित जोडीको न्याय माग्दै आएका दलित अभियन्ता सुनार प्रहरीको नियन्त्रणमा

काठमाडौं एक्सप्रेस

काठमाडौं, – अन्तरजातीय विवाहित जोडी सत्येन्द्र र नेहाको न्याय माग्दै गर्दा दलित अभियन्ता खगेन्द्र सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अभियन्ता सुनारलाई संसद भवन प्रवेश गर्न खोजेको भन्दै गृहमन्त्री रमेश लेखकको निर्देशनमा प्रहरीले नियन्त्रणमा लिएको हो ।

अन्तरजातीय विवाहित जोडी सत्येन्द्र र नेहालाई राज्यलेनै दमन गरिरहेको भन्दै उनी घाँटीमा नेल लगाएर निरन्तर काठमाडौँको माइतीघर मण्डलामा एक सातादेखि निरन्तर धर्नामा बसिरहेका छन् ।

‘दलितको लागि दलित अभियान’ नेपालका संयोजक समेत रहेका अभियान्ता सुनारले गृहमन्त्री लेखककै निर्देशनमा गैरकानूनीरूपमा अन्तरजातीय विवाहीत जोडीमाथि दमन गरेको भन्दै पदबाट राजिनामा दिनुपर्ने भन्दै माग राख्दै आएका छन् ।

उनले आज सत्येन्द्र र नेहाको न्याय माग्दै फलामको साङ्लो बाँधेर दलितमाथी हिंसा गर्ने अपराधी गृहमन्त्री लेखकलाई कारबाही गर भन्दै संसद भवन प्रवेश गर्न खोजेका थिए । उक्त प्रवेश गर्नखोज्दा प्रहरीले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौका प्रमुख एसएसपी विश्व अधिकारीले बताए ।

एसएसपी अधिकारीका अनुसार खगेन्द्रलाई प्रहरी वृत नयाँ बानेश्वरमा राखिएको छ । ‘निषेधित क्षेत्र तोड्न खोजिएकाले उहाँलाई नियन्त्रणमा लिएका हौं,’ उनले भने ।

Logo