बाजुरा – बाजुराको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले काठमाडौँले हिमाली गाउँपालिकालाई नदेखेको बताएका छन् । संघीय सरकारबाट हिमाली गाउँपालिकामा अहिलेसम्म राम्रो बजेट नगएको उनको अध्यक्ष मल्लको भनाई छ । उनले भने, आज मानव सुचांकको अवस्था हेर्ने हो भने बाजुरा धेरै तल छ । काठमाडौँ राजधानीले बाजुरालाई त देखेको छैन, कसरी हिमाली गाउँपालिकालाई देख्छ । देख्दैनपनि, । अध्यक्ष मल्लले थपे अरुलाई मात्र दोष दिएर भएन हिमालीले बिच्छ्यालाई देख्न सकिराखेको अवस्था छैन ।
गाउँपालिकाे वजेटले पुग्दैन संघीय सरकारबाट वजेट जादैन । त्यसैले हिमाली गाउँपालिकामा विकास गर्न निकै कठिनाइ छ । अहिँले सम्म बिच्छ्यामा माेटर सडक पुर्याउन सिकिएकाे छैन । बिच्छ्यामा माेटर सडक पुर्याउने पहलमा छाै पर्याउछाै पनि ।
अध्यक्ष मल्लले पालिकाको अध्यक्षमा निर्वाचित हुँदा विकास कहाँबाट सुरुवात गर्ने भन्ने विषयमा अन्यौल देखिएको बताए । हामीले काम शुरु गर्दाखेरी आवश्यकता र संरचनाको आधारमा विकासको खाका बनायौ । गाउँपालिका भित्र कुनै पनि ठाउँमा खुल्ला किसिमको बाटो थिएन, उनी भन्छन, ‘त्यसो हुनाले पनि विकासमा एक खुटकिलो माथि चढ्नै पर्छ भन्ने ढंगले अगाडि बढ्यौ ।’ बीस्तारै सफल हुँदै गएका छौ ।
अध्यक्षमा निवाचित हुँदा यहाँको विद्यालय, स्वास्थ्य चौकी, बाटो घाटोलगायतका विकासका पूर्वाधारहरु सबैको अवस्था भयावह र नाजुक नै थियो । गाउँपालिकाभरीका २ वटा मात्र स्वास्थ्य चौकी थिए–रुगिनमा र अर्को एक विच्छ्याँमा । स्थानीयबासीहरुलाई उपचारका लागि निकै सकस थियो अध्यक्ष मल्ल संझन्छन् ।
सडक र गाडीबारे किताबमा मात्र पढ्थे यहाँका विद्यार्थीले । सञ्चारका लागि त्यत्तिकै समस्या थियो । उनले भने, हामी निर्वाचित भईसकेपछि पहिलो प्राथमिकता खानेपानीमा दियौं । त्यसपछि, शिक्षा र स्वास्थ्यमा जोड दिएका छौं । कृषि, उद्योग, पर्यटनलगायतका पूर्वाधारको संरचनामा जोड दिंदै आएको अध्यक्ष मल्लको भनाई छ ।
विद्यालय्मा स्थायी दरवन्दीको व्यवस्था
अध्यक्ष मल्ल भन्छन ‘गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्छ भन्ने उद्देश्यले गाउँपालिका भित्रबाटै स्वयम्सेवक शिक्षक नियुक्त गरेर प्रत्येक विद्यालयमा शिक्षक पठायौं । प्रत्येक वडामा स्वास्थ्य चौकी स्थापना गरेका छौं । अहिले त्यहीँ वडामा रहेका अनमी, अहेवहरुले रोजगारी पाएका छन् । प्रत्येक वडामा स्वास्थ्य चौकी भवन बनाएका छौं र त्यहाँका स्थानीयले सहजरुपमा स्वास्थ्य सेवा पाइरहेका छन् । सानोतिनो रोगका विरामीको गाउँमै उपचार भइरहेको छ । गम्भीर र धेरै ठूलो विरामी भए मात्र बाहिर जिल्ला जानु परेको अवस्था छ । सामान्य भएपनि वडामै स्वास्थ्य चेकजाँच गर्ने अवस्थामा हामी पुगेका छौ ।’
हामी निर्वाचित भएर आउनु पहिले कुनै पनि विद्यालयमा स्थायी दरबन्दी थिएनन् । अहिले प्रत्येक विद्यालयमा स्थानीय तहले दरबन्दीको व्यवस्था गरेको छ । उनकाअनुसार माध्यमिक विद्यालयमा कम्तीमा दुई र निमाविमा दुई वटा स्थायी दरवन्दीको व्यवस्था गरिएको छ ।
एक घर बिस बोट बिरुवा, हुर्काए वापत २० किलो चामल
त्यस्तै गाउँपालिकामा भित्र कम्तीमा चार वटा ग्रामिण सडक पु¥याएका छांै । त्यस्तै, हरेक वडा वस्तीमा खानेपानीको सुबिधा उपलब्ध छ । अध्यक्ष मल्ल थप्छन ‘कृषि अन्तर्गत खाद्य सुरक्षाका लागि वृक्षारोपण कार्यक्रम लागू गरेका छौं । गाउँवासीले गौरव गर्नुपर्ने एक घर बिस बोट फलफूल कार्यक्रमा लागू गरेका छौं । प्
रत्येक बिरुवा हुर्काए र जोगाए बापत अनुदानमा २० केजी चामल दिने व्यवस्था मिलाएका छौं ।’ एकजना व्यक्तिले चार बोट फलफूलका बिरुवा रोप्ने कार्यक्रमको सुरुवात गरेका छौं । अहिले गाउँपालिका भित्र ७९ हजार फलफूलका विरुवा रहेको उनको भनाई छ ।
आत्मनिर्भर हुन खेती योग्य जमिनको आवश्यकता पर्छ तर दुर्गम र हिमाली भेगका कारण पालिकामा यस्तो जमिन नभएको अध्यक्ष मल्लको भनाइ छ । खेती योग्य जमिन नभएकोले बाँझो र भिरालो पाखो जमिनमा ती फलफूलका विरुवा रोपेर आय आर्जन गर्ने उपाय गरेका हौं । बिरुवा रोपेको चार÷पाँच वर्ष पछि त यसले पक्कै पनि फल दिनेछ । पालिकाबासीलाई बेरोजगार बन्न दिनु हुँदैन भनेर यो कार्यक्रम लागू गरेको उनले बताए ।
बाबियोको डोरी समातेर हिंड्नुपर्ने अवस्थाको अन्त्य
पाँच वर्षभित्र कम्तीमा विच्छ्याँको छेउछाउसम्म भएपनि गाडी पु¥याउनुपर्छ भन्ने हाम्रो उद्देश्य रहेको तर संघ र प्रदेशबाट सहयोग नपाउँदा काममा सफलता नमिलेको अध्यक्ष मल्लले गुनासो पोखे । कतिपय वडामा त गोरेटो बाटोसमेत थिएन । अहिले ती वडामा गोरेटो बाटो बनाएका छौं । गाउँपालिकाको वडा नम्बर ३ को गुम्बा जाने गोरेटो बाटोको अवस्था निकै कष्टकर थियो । उनले भने ‘जहाँ मान्छेहरुले बाबियोको डोरीमा झुन्डिएर हिंड्नु पर्ने अवस्था थियो ।
त्यसको अन्त्य गरेर नागरिकहरु सहज तरिकाले हिंड््न सक्ने बनाएका छौं ।’ अध्यक्ष मल्लको दावी छ ‘जिल्लामा सबैभन्दा राम्रो काम गर्ने स्थानीय तह कुन हो भन्दा हिमाली गाउँपालिकाको नाम नै अगाडि आउँछ ।
धुलोमुक्त बिद्यालयमा कार्पेट
पालिकाले धुलोमुक्त विद्यालय बनाउने कार्यक्रम अगाडि सारेको छ । एक देखि तीनसम्मको कक्षा कोठामा कार्पेटको व्यवस्था मिलाएका छौं । त्योभन्दा माथिका कक्षा कोठामा डेक्स र बेञ्चको व्यवस्था गरेर विद्यालयलाई वितरण गरेको अध्यक्ष मल्लले बताए । पाँच वर्षमा छ महिना मात्र गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत आएको र बाँकी समय खरिदारको भरमा चलायौं ।
गाउँ पालिकाको प्रत्येक वडा कार्यालयमा एक–एक सचिवको दरवन्दी छ । तर कर्मचारी जान नमान्दा ती सबै वडा सचिवविहीन भएको उनको दुखेसो छ । त्यति मात्र होईन, वर्षौंदेखि गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको कोठा रिक्त छ । दुर्गम र पिछडिएको यस गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत आउनै नमानेको गुनासो गर्दै अध्यक्ष मल्लले भने ‘केन्द्रबाट कर्मचारी आउनै मान्दैनन्, आए पनि बस्दै बस्दैनन् ।’
अध्यक्ष मल्लका अनुसार, गाउँपालिकाले अहिले आफ्नै प्रशासकीय भवन बनाएको र सो पक्की भवनबाट सेवा प्रभाव हुँदै आएको छ । अहिलेसम्म जिल्लाका कुनै गाउँपालिकाले आफ्नो पक्की भवन बनाउन सकेका छैनन् । तर सदरमुकाम मार्तडीमा रहेको बडीमालिका नगरपालिकाले आफ्नो भवन बनाएको छ । र, दोस्रोमा हिमाली गाउँपालिकाले निर्माण गरेको हो । अध्यक्ष मल्लको गुनासो छ ‘हामीले पनि चार वर्षसम्म टहरामै बसेर जनतालाई सेवा दिएका हौं ।
‘हामीले गाउँपालिकाको भौतिक पूर्वाधार संरचनामा त परिवर्तन गरेका छौं । तर, सोचमा भने परिवर्तन गर्न सकेनौं अध्यक्ष मल्लले भने । हामीले जे जति गर्नसक्ने अवस्था थियो, गरेकै छौं । यो विषय सम्बन्धित निकाय जिल्ला, संघ र केन्द्रमा पनि पु¥याएकै छौं । पालिकास्तरबाट गर्न सकिने योजना हामीले पूरा गरेका छौं ।
नेपाल विद्युत प्राधिकरणले तीन वर्षभित्र प्रत्येक वडामा राष्ट्रिय प्रशारण लाईन पु¥याई दिन्छौं भनेको थियो । त्यसका लागि गाउँ सभाले योजना पेश र छनौट गरेको खण्डमा १ सय र ५० किलो वाट बत्ती बाल्न आवश्यक छैन भनेको स्मरण गर्दै अध्यक्ष मल्ल भन्छन ‘अहिलेसम्म सवै वडाहरुमा बत्ती पु¥याउनको लागि ३० लाख खर्च भइसकेको छ ।’ तर त्यहाँ भन्दा अगाडिको काम विद्युत प्राधिकरणले रोकेर अगाडि नबढाएको गुनासो उनले गरेका छन् ।
–धर्मलाल सुनार
प्रतिक्रिया