पेट्रोल-डिजेल लिटरमै ५ रुपैयाँसम्म सस्तो : उपभोक्तालाई केही राहत

पेट्रोल-डिजेल लिटरमै ५ रुपैयाँसम्म सस्तो : उपभोक्तालाई केही राहत

काठमाडौं एक्सप्रेस

काठमाडौं- इन्धनको मूल्य वृद्धि लगातार उपभोक्तामाथि दबाब बन्दै आएको बेला नेपाल आयल निगमले केही राहतको खबर ल्याएको छ। निगमले शनिबार मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाउने निर्णय गरेको छ।

नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर ५ रुपैयाँले सस्तो भई १६३ रुपैयाँमा झरेको छ भने डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ घटेर १५१ रुपैयाँ पुगेको छ।

इन्धनको अन्तर्राष्ट्रिय बजार मूल्य समायोजनको आधारमा इन्डियन आयल कर्पोरेशनबाट १५ मार्चमा प्राप्त नयाँ खरिद मूल्यअनुसार निगम सञ्चालक समितिले मूल्य घटाउने निर्णय गरेको हो ।

Logo