अब संसद खुल्छ, गृहमन्त्रीले किन राजीनामा दिने भन्या ?’

अब संसद खुल्छ, गृहमन्त्रीले किन राजीनामा दिने भन्या ?’

काठमाडौं एक्सप्रेस

काठमाडों – सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छिट्टै संसद् सुचारु हुने बताएका छन् । जनकपुरधाममा सञ्चारकर्मीहरूसँगको कुराकानीमा सभापति देउवाले यस्तो बताएका हुन् ।

भिजिट भिसा प्रकरणलाई लिएर गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरूले संसद अवरुद्ध गरिरहेका बेलामा सभापति देउवाले यस्तो प्रतिक्रिया दिएका हुन् ।

बजेटबाट सबैलाई खुसी बनाउन नसकिने भन्दै आलोचना हुनु सामान्य रहेको बताए ।

‘कांग्रेस र एमालेको गठबन्धन भएको तपाईंहरूलाई थाहै छ । यो राम्रोसँग चलिरहेको छ । बजेटबाट कोही खुसी हुँदैनन् । आलोचना त भइरहन्छ, के भयो र ?,’ देउवाले भने, ‘कतिपय कुराहरूमा असहमति होला तर भएपनि आखिर बजेट आएको छ । अब त खुल्नुपर्ने हो । अब खुल्छ । किन राजीनामा दिने भन्या ?’

वर्तमान सरकार ०८४ सम्मै राम्रोसँग सञ्चालन हुने दाबी गरे ।

Logo