विद्युतीय तार अन्डरग्राउण्डका कारण टेकु क्षेत्रमा आज लोडसेडिङ

विद्युतीय तार अन्डरग्राउण्डका कारण टेकु क्षेत्रमा आज लोडसेडिङ

काठमाडौं एक्सप्रेस

काठमाडौं – विद्युतीय तार अन्डरग्राउण्डका कारण टेकु क्षेत्रमा आज लोडसेडिङ हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरण अन्तर्गत काठमाडौं उपत्यका पश्चिम वितरण प्रणाली सुदृढीकरण आयोजनाले कुलेश्वर वितरण केन्द्रको विद्युतीय वितरण लाइन भूमिगत गर्न लागेकाले अस्थायी रुपमा विद्युत अवरुद्ध हुने जानकारी गराएको छ ।

प्राधिकरणद्वारा जारी अत्यन्त जरुरी सूचनाअनुसार २०८२ साल जेठ ३१ गते बिहान ११:०० बजेदेखि दिउँसो ४:०० बजेसम्म ताहाचल (टेकू) फिडर अन्तर्गतका कालीमाटी, कुलेश्वर, सोल्टीमोड, कलंकी चोक, टंकेश्वर पुल, महेन्द्र रत्न क्याम्पस, कलश अपार्टमेन्ट लगायतका क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने जनाएको छ।

यस अवधिमा प्रभावित क्षेत्रका उपभोक्तालाई आवश्यक सतर्कता अपनाउन प्राधिकरणले अनुरोध गरेको छ। साथै, मौसम प्रतिकूल भएमा भने तय गरिएको सटडाउन नहुने पनि जानकारी दिइएको छ।

विद्युत सेवा अस्थायी रुपमा अवरुद्ध हुन गई सर्वसाधारणलाई पर्न जाने असुविधाप्रति नेपाल विद्युत प्राधिकरणले क्षमायाचना गरेको छ।

Logo