काठमाडौँ, – राष्ट्रिय समाचार समिति (रासस)का समाचारदाता सुशील दर्नाललाई यस वर्षको युवा पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ ।
युवा तथा खेलकुद मन्त्रालयले समाचारदाता दर्नालसहित पत्रकारहरु प्रकृति दाहाल, ममता थापा र गगनशीला खड्कालाई उक्त पुरस्कार प्रदान गर्नका लागि छनोट गरिएको जनाएको छ ।
उक्त पुरस्कारका लागि दर्ता हुन आएका ४६ आवेदनमध्ये मुल्याङ्कन तालिकाका आधारमा अधिकतम् अङ्क प्राप्त गर्नुहुने उहाँहरुलाई छनोट गरिएको मन्त्रालयले आज विज्ञप्तीमार्फत जनाएको हो ।
राससमा विगत डेढ दशकदेखि आबद्ध समाचारदाता दर्नालले सामाजिक विषयमा कलम चलाउँदै आएका छन् । उक्त पुरस्कार एक सातापछि औपचारिक कार्यक्रम आयोजना गरी प्रदान गरिने मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया