काठमाडौं- नेकपा एकीकृत समाजवादी र बामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबीच पार्टी एकता घोषणा हुन लागेको छ। आज, राष्ट्रिय सभा गृहमा आयोजना हुने विशेष कार्यक्रममार्फत यो एकता सार्वजनिक गरिँदैछ।
एकता प्रक्रियाको औपचारिक थालनी गत असार २७ गते भएको थियो ।
कार्यक्रमलाई अध्यक्ष नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र अभियान संयोजक बामदेव गौतमले सम्बोधन गर्ने जानकारी एकीकृत समाजवादीको केन्द्रीय प्रचार विभागका उपप्रमुख दामोदर अर्यालले दिएका छन्।
नेताहरूका अनुसार एकतापछि बन्ने नयाँ पार्टीमा बामदेव गौतमलाई अध्यक्ष नेपाल र नेता झलनाथ खनालपछि तेस्रो वरियतामा राख्ने समझदारी बनिसकेको छ।
विगतमा नेकपा एमाले र माओवादी केन्द्रको एकता सर्वोच्च अदालतले विघटन गरेपछि बामदेव गौतमले २०७७ पुस २५ गते नेकपा एकता राष्ट्रिय अभियान गठन गरेका थिए।
प्रतिक्रिया