यू–२० टिमको सहायक प्रशिक्षकमा चन्द्रा भण्डारी

यू–२० टिमको सहायक प्रशिक्षकमा चन्द्रा भण्डारी

काठमाडौं एक्सप्रेस

काठमाडौं, । एएफसी यू–२० एसियन कप छनोटका लागि सहायक प्रशिक्षकमा चन्द्रा भण्डारी नियुक्त भएकी छन् । अखिल नेपाल फुटबल संघ ९एन्फा०ले चन्द्रालाई मंगलबार भुटानमा हुने एएफसी यू–२० एसियन कप छनोटका लागि राष्ट्रिय टोलीको सहायक प्रशिक्षकमा नियुक्त गरेको हो ।

नवनियुक्त सहायक प्रशिक्षक भण्डारी नेपाली राष्ट्रिय महिला टोलीकी पाँचौँ कप्तानसमेत हुन् । भण्डारी सहिद स्मारक ‘बी’ डिभिजन लिग क्लब ब्वाइज युनियनकी मुख्य प्रशिक्षकसमेत हुन् । उनको प्रशिक्षणमा ब्वाइज युनियनले ‘बी’ डिभिजन लिगको पछिल्लो संस्करणमा तेस्रो स्थान हासिल गरेको थियो ।

छनोटमा नेपाल समूह ‘ए’मा परेको छ । समूह ‘ए’मा नेपालसँगै उत्तर कोरिया, भुटान र साउदी अरेबिया छन् । छनोटअन्तर्गत नेपालले पहिलो खेल भुटानसँग खेल्नेछ । त्यसपछि दोस्रो खेल उत्तर कोरियासँग र अन्तिम खेल साउदी अरेबियासँग खेल्ने तालिका छ ।

Logo