बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने

बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने

काठमाडौं एक्सप्रेस

काठमाडौँ।  हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो र राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकीलगायत पहाडी क्षेत्रमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने भएकाले सतर्क रहन महाशाखाले अनुरोध गरेको छ।

Logo