इंग्ल्यान्ड भ्रमणमा रहेको भारतले चौथो टेस्टमा टस हारेर पहिले ब्याटिङ सुरु

इंग्ल्यान्ड भ्रमणमा रहेको भारतले चौथो टेस्टमा टस हारेर पहिले ब्याटिङ सुरु

काठमाडौं एक्सप्रेस

इंग्ल्यान्ड भ्रमणमा रहेको भारतले चौथो टेस्टमा टस हारेर पहिले ब्याटिङ सुरु गरेको छ। पाँच खेलको टेस्ट सिरिजका लागि भारत र इंग्ल्यन्ड एकअर्काविरुद्ध प्रतिस्पर्धा गरिरहेका छन्।

चौथो टेस्टको पहिलो दिन भारतले ४ विकेट गुमाएर २६४ रन बनाउँदा दनिको खेल समाप्तीको घोषणा गरिएको थियो।

भारतका लागि ओपनर यश्स्वी जैसवालले ५८ रन बनाउँदा केएल राहुलले ४६ रन बनाए। त्यस्तै साइ सुदर्शनले ६१रन बनाउँदा कप्तान शुभमन गिल भने १२ रनमै आउट भए। त्यस्तै ऋषभ पन्त ३७ रनमा रिटायर्ट हर्ट भएर पेभिलियन फर्किए।

इंग्ल्यान्डका लागि क्रिस वक्सले १ विकेट लिँदा लियन डउसनले १ र बेन स्टोक्सले २ विकेट हात पारेका छन्। दोस्रो दिन भारनका रविन्द्र जडेजा र सार्दुल ठाकुरले समान १९-१९ रनबाट दिनको खेलको सुरुवात गर्ने छन्। यसअघि भएका तीन टेस्टमा इंग्ल्यान्ड २-१ ले अघि रहेको छ।

Logo