काठमाडाैँ । साताको अन्तिम सेयर बजार बढेर बन्द भएको छ। बिहीबार नेप्से सामान्य अंकले बढेर बन्द भएको हो। बिहीबार बजार बन्द हुँदा नेप्से ३.७६ अंकले बढेर २९८२.६४ विन्दुमा पुगेको छ।
नेप्से बढेसँगै कारोबार रकम पनि बढेको छ। बिहीबार १८ अर्ब ४९ करोड ४ लाख २८ हजार रुपैयाँबराबरको तीन करोड ८९ लाख ६२ हजार ५०८ कित्ता सेयर कारोबार भएको छ।
बजार बन्द हुँदा १२३ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १२७ वटा कम्पनीको सेयर मूल्य घटेको छ। कुनै पनि कम्पनीको सेयर मूल्य स्थिर रहेको छैन। ३२८ वटा कम्पनी कारोबारमा आउँदा एक लाख ५४ हजार ६४२ पटक सेयर किनबेच भएको छ।
१३ समूहमध्ये ६ समूह बढ्दा ७ समूह घटेको छ। सबैभन्दा बढी हाइड्रोपावर समूह बढेको छ भने कम म्युचुअल फन्ड समूह बढेको छ।
प्रतिक्रिया