राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेट

राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेट

काठमाडौं एक्सप्रेस

काठमाडौं : सभामुख देवराज घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा भेटवार्ता गरेका छन् ।

राष्ट्रपति निवास शीतल निवासमा बिहीबार भएको भेटमा सभामुख घिमिरेले आउँदो जुलाई २९ देखि ३१ सम्म जेनेभामा आयोजना हुने विश्व संसद् सभामुखहरूको सम्मेलनमा नेपालको सहभागिताबारे जानकारी गराएका हुन् ।

राष्ट्रपतिको सचिवालयका अनुसार सभामुख घिमिरे उक्त अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्न आगामी जुलाई २७ मा जेनेभा प्रस्थान गर्ने कार्यक्रम तय भएको छ ।

उक्त सम्मेलन विश्वका विभिन्न देशका संसद् सभामुखहरूबीच लोकतन्त्र, विधिको शासन र पारस्परिक सहकार्यका विषयमा छलफल तथा अनुभव आदानप्रदान गर्ने प्रमुख अन्तर्राष्ट्रिय मंच हो ।

Logo