सुनको मूल्य प्रतितोला ११०० सयले घट्यो

सुनको मूल्य प्रतितोला ११०० सयले घट्यो

काठमाडौं एक्सप्रेस

काठमाडौँ, । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ११०० रुपैयाँले घट्यो हो ।

यस्तै सुन शुक्रबार प्रतितोला १ लाख ९४ हजार ७०० रुपैयाँ कायम भएको थियो ।तर, आज पुनः ११०० सय रुपैयाँले घटेर तोलामा १ लाख ९३ हजार ६०० रुपैयाँ कायम भएको छ ।

यस्तै चाँदीको मूल्य आइतबार तोलामा २ हजार २९० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदी २ हजार ३४० रुपैयाँ कायम भएको थियो । यस आधारमा चाँदी आइतबार तोलामा ५० रुपैयाँ घटेर कारोबार भएको छ ।

Logo