काठमाडौं। नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संवैधानिक परिषद्मा बहुमतले निर्णय गर्न पाउनुपर्ने बताएका छन्।
उनले नेपाली कांग्रेसको बिटमा समाचार लेख्ने पत्रकारहरूसँग आइतबार काठमाडौंमा आयोजित अन्तर्क्रिया कार्यक्रममा उनले यो बताएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले सत्तारुढ नेपाली कांग्रेसका सांसदहरूको दबाबबीच संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि )सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको विधेयक बिहीबार संसद्मा फिर्ता पठाइदिएका थिए।
बहुमतले निर्णय गर्न सक्नेगरी संसद्बाट पारित भएर गएको संवैधानिक परिषद्सम्बन्धी विधेयक उनले फिर्ता गरिदिएका थिए। कांग्रेस पूर्वमहामन्त्री सिटौलाले भने सरकारलाई निर्णयको सहज वातावरण बनाइदिन संवैधानिक परिषद्मा बहुमतले निर्णयको व्यवस्था राख्नुपर्ने बताएका हुन्।
पहिलो चरणमा संवैधानिक परिषद्ले पहिलो चरणमा सर्वसम्मतिले निर्णय गर्नुपर्ने तथा पहिलो चरणमा परिषद्का बहाल सदस्यहरू उपस्थित नभए सबैजना उपस्थित भएर सर्वसम्म निर्णय लिनुपर्ने उनले बताए।
राष्ट्रपति पौडेलले विधेयक पुनर्विचारका लागि प्रतिनिधिसभामा फिर्ता पठाइदिएपछि कांग्रेसका नेता सिटौलाले पत्रकारहरूलाई बोलाएका हुन्।
प्रतिक्रिया