इङ्ल्यान्डले जित्यो महिला युरोकपको उपाधि

इङ्ल्यान्डले जित्यो महिला युरोकपको उपाधि

काठमाडौं एक्सप्रेस

इंग्ल्यान्डले रोमाञ्चक फाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ३-१ ले पराजित गर्दै महिला युरोकपको उपाधि जितेको छ। निर्धारित र अतिरिक्त समयमा १-१ गोलको बराबरी भएपछि उपाधिको छिनोफानो पेनाल्टी सुटआउटबाट भएको थियो।

निर्णायक फाइनलमा युरो २०२२ को वेम्ब्ली फाइनलमा नायक बनेकी क्लोई केली फेरि पनि इंग्ल्यान्डलाइ जित दिलाउन निर्णायक बनिन्। उनले निर्णायक पेनाल्टी प्रहार गरेर इङ्ल्यान्डको जित निश्चित गरेकी थिइन्।

स्पेन लगातार ३ पेनाल्टीमा गोल गर्न चुक्ता गोलरक्षक हाना ह्याम्पटनले दुई वटा बचाउ गर्दै टिमलाई उपाधि दिलाउन उत्कृष्ट योगदान गरिन्।

इङ्ल्यान्डको कुनै पनि टोलीले विदेशी भूमिमा जितेको यो पहिलो ठूलो उपाधि हो। साथै, प्रशिक्षक सरिना विगम्यानले दुई फरक देशबाट तीन युरोपियन उपाधि जित्दै आफूलाई विश्वको उत्कृष्ट प्रशिक्षकको रूपमा प्रमाणित गरेकी छिन्।
खेलमा अग्रता भने स्पेनले लिएको थियो। पहिलो हाफमा पछि परेको इङ्ल्यान्डले पुनरागमन गर्दै उपाधि जित्यो। पहिलो हाफमा पछि परेर उपाधि उचाल्ने पनि इंग्ल्यान्ड पहिलो टोली बनेको छ।

इङ्ग्ल्यान्ड युरोमा चौथो पटक पछाडि पर्यो। नकआउटका सबै ३ खेलमा पहिलो गोल खाँदै आएको इंग्ल्यान्डले फेरी एकपट आफ्नो बलियो पुनरागमन छवीलाई स्थापित गर्यो। २५ औं मरिओना काल्देन्तेको हेडर गोलले स्पेनलाई अग्रता दिलाएकी थिइन्।

तर इङ्ल्यान्डले लरेन जेम्सको स्थानमा मैदान प्रवेश गरेकी केलीको पासमा अलेसिया रुसोले ५७ औं मिनेटमा टिमलाई बराबरीमा ल्याउँदै उपाधि होडमा इंग्ल्यान्डलाई कायम राखेकी थिइन्। त्यसपछि थप गोल हुन सकेन र अन्तत पेनाल्टी सुटआउटबाट इंग्ल्यान्ड च्याम्पियन बन्यो।

Logo