भोजपुरमा पशुको नश्ल सुधार गर्न कृतिम गर्भाधान सेवा सुरु

भोजपुरमा पशुको नश्ल सुधार गर्न कृतिम गर्भाधान सेवा सुरु

काठमाडौं एक्सप्रेस

भोजपुर,। भोजपुरका किसानका गाईभैँसीमा कृतिम गर्भाधान सेवा सुचारु गरिएको छ । नश्ल सुधार गरेर किसानलाई उन्नत जातका पशुपालनमा प्रोत्साहन गर्न यहाँ कृतिम गर्भाधान सेवा सुचारु गरिएको हो । नश्ल सुधारमार्फत किसानलाई उन्नत जातका पशुपालनमा लाग्न सहजता थप्नको लागि कार्यक्रम सञ्चालन गरिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र भोजपुरका प्रमुख पुष्पराज दाहालले बताए । हालसम्म यहाँका किसानका ११ वटा गाईभैँसीमा कृतिम गर्भाधान सेवा प्रदान गरिएको उनको भनाइ छ ।

“गाईभैसीमा नश्ल सुधार गर्नको लागि कृतिम गर्भधान सेवा प्रदान गरिरहेका छौँ” प्रमुख दाहालले भने,“हालसम्म ११ पशुको कृतिम गर्भाधान गराएका छौँ । सेवा केन्द्रसँगै किसानको गोठसम्म पुगेर सेवा प्रदान गरिरहेका छौँ ।”यहाँका धेरै किसान पशुपालनमा लागेका भए पनि गाईभैँसीको नश्ल राम्रो नहुँदा सोचे जस्तो आम्दानी लिन सकिरहेका छैनन् । पशुको नश्ल सुधार गरेर मासु तथा दूध उत्पादन वृद्धि गराउने उद्देश्यले सेवा सुचारु गरिएको केन्द्रको भनाइ छ ।

कृतिम गर्भधान गराउँदा नश्ल सुधारसँगै साढेबाट सर्ने रोग न्यूनीकरणमा सहयोग पुग्ने प्रमुख दाहालहको भनाइ छ । कृतिम गर्भधानले पशुहरूको वंशाणु विकास गरेर पशुपालक किसानलाई थप लाभान्वित हुनमा सहयोग पु¥याउने विज्ञ केन्द्रले जनाएको छ । रासस

Logo