चीनमा लगातार भारी वर्षा र बाढी, मृत्यु हुनेको संख्या पुग्यो ३०

चीनमा लगातार भारी वर्षा र बाढी, मृत्यु हुनेको संख्या पुग्यो ३०

काठमाडौं एक्सप्रेस

चीन । चीनमा लगातार भारी वर्षा र बाढीका कारण देशका अधिकांश स्थान जलमग्न भएका छन्। विशेष गरी उत्तरी चीन सर्वाधिक प्रभावित भएको छ, जहाँ भारी वर्षा र बाढीका कारण कम्तीमा ३० जनाले ज्यान गुमाइसकेका छन्।

राजधानी बेइजिङमा मात्र ८० हजार जनालाई सुरक्षित स्थानमा सारिएको छर। मौसम पूर्वानुमानअनुसार वर्षा आजसम्म जारी रहने अपेक्षा गरिएको छ। चिनियाँ राष्ट्रपति सी जिनपिङले उद्धार र राहतकार्यमा पूर्ण बल लगाउन निर्देशन दिएका छन्। साथै उनले थप मानवीय क्षति हुन नदिन सचेत रहन आह्वानसमेत गरेका छन्।

बेइजिङमा यस्तो चरम वर्षा सिजनको यस समयमा सामान्यजस्तै मानिन्छ। सन् २०१२ को जुलाईमा आएको बाढीमा ७९ जनाको मृत्यु भएको थियो, जुन अहिलेसम्मकै सबैभन्दा भयावह मानिएको छ।

तर यो पटक पनि अत्यधिक वर्षाले अधिकांश स्थान जलमग्न हुँदा ठूलो सुरक्षा तयारीबीच पनि चीनमा मानिसहरूको ज्यान जाने गरेको छ।

Logo