नेपाली सेयर बजारमा मंगलबार उत्साहजनक सुधार देखिएको छ। बजार मापन गर्ने नेप्से परिसूचक चार वर्षयताकै उच्च विन्दुमा पुगेको हो।
मंगलबार कारोबार समाप्तिमा नेप्से परिसूचक ३००२.०७ विन्दुमा पुगेर बन्द भएको छ, जुन पछिल्लो चार वर्षयताकै उच्च विन्दु हो। यसअघि, साउन ३१ गते परिसूचक ३००० नजिक (३०००.८१) पुगेर बन्द भएको थियो, तर त्यसपछिका दिनमा त्यो स्तर कायम रहन सकेको थिएन।
यो उचाइले नेप्सेलाई आर्थिक वर्ष २०७८ साउन ७ गतेको विन्दु नजिक पुर्याएको छ, जब परिसूचक ३००४.३३ विन्दुमा बन्द भएको थियो। सोही वर्ष (२०७८) भदौमा परिसूचक ३१९९.०२ विन्दुमा पुग्दै हालसम्मकै ऐतिहासिक कीर्तिमान बनाएको थियो।
हालसम्मकै एक दिनको सर्वाधिक कारोबार पनि सोही वर्ष साउन ३१ गते भएको थियो, जब कुल २९ अर्ब ९५ करोड ८५ लाख रुपैयाँको कारोबार भएको थियो।
नेप्से परिसूचकको हालको उचाइले लगानीकर्तामा पुनः भरोसा बढेको संकेत देखिन्छ भने बजारमा सकारात्मक मनोविज्ञान कायम भएको विश्लेषकहरू बताउँछन्।
प्रतिक्रिया