हेटौँडा । नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलको बैठक आज बुधबार बस्दैछ । बैठक बिहान ११ बजे हेटौँडास्थित संसदीय दलको कार्यालयमा बस्ने एमाले बागमती संसदीय दलका प्रमुख सचेतक मधुसूदन पौडेलले जानकारी दिए ।
उनका अनुसार बैठकमा प्रदेशको पछिल्लो समसामयिक राजनीतिक अवस्था, भावी रणनीति, सरकार सञ्चालनको अवस्था, आगामी रणनीतिबारे विस्तृत छलफल हुनेछ ।
यसैगरी, बैठकमा प्रदेश सरकारमा देखिएको अस्थिरता, सत्ता समीकरणको सम्भावित पुनर्संरचना लगायतका विषयमा पनि छलफल हुने बताइएको छ ।
प्रतिक्रिया