तोलामा ५०० रुपैयाँ घट्यो सुनको मूल्य

तोलामा ५०० रुपैयाँ घट्यो सुनको मूल्य

काठमाडौं एक्सप्रेस

काठमाडौँ । शुक्रबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा ५०० रुपैयाँ घटेर कारोबार भएको हो । 

जसअनुसार शुक्रबार छापावाल सुन तोलामा १ लाख ९३ हजार १ सय रुपैयाँ कायम भएको छ ।  बिहीबार भने तोलामा १ लाख ९३ हजार ६०० रुपैयाँ कायम  थियो । 

यस्तै चाँदीको मूल्य पनि घटेको छ । बिहीबार तोलामा २ हजार २७० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार घटेर तोलामा २ हजार २३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

Logo