जुम्लाको धिमीचौर आन्तरिक पर्यटकीय गन्तव्य बन्दै

जुम्लाको धिमीचौर आन्तरिक पर्यटकीय गन्तव्य बन्दै

काठमाडौं एक्सप्रेस

filter: 0; fileterIntensity: 0.0; filterMask: 0; captureOrientation: 0; brp_mask:0; brp_del_th:null; brp_del_sen:null; delta:null; module: portrait;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 8;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;HdrStatus: off;albedo: ;confidence: ;motionLevel: 0;weatherinfo: null;temperature: 31;

जुम्ला, । जिल्लाको चन्दननाथ नगरपालिका(४ मा रहेको धिमीचौर पछिल्लो समयमा आन्तरिक पर्यटकीय गन्तव्यका रूपमा विकासित हुँदै गएको छ । पर्यटकीय सम्भावना बोकेको धिमीचौर आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्दै गएको हो ।

यहाँका पाटनमा फूलेका फूलहरूको सुगन्ध लिने, रमणीय वातावरणसँग रमाउने र मनोरम दृश्यावलोकनका लागि पर्यटन आकर्षित हुन्दै गएका स्थानीय बताउँछन् ।

यस ठाउँले पर्यटकलाई आकर्षित गर्नुका साथै आनन्दित बनाउनु भएकाले आन्तरिक पर्यटकको आगमन बढ्दै गएको समाजसेवी एवं स्थानीय नेता सुरेन्द्रबहादुर महतले बताए । स्थानीय सरकारले यसको प्रचारप्रसार गर्ने, पर्यटकीय गतिविधि सञ्चालन, पर्यटन प्रवर्द्धनलगायत क्षेत्रलाई महत्त्व दिएर काम गरिरहेको उनको भनाइ छ ।

“यहाँसम्म पुग्नका लागि सडक विस्तार भएको छ । यसलाई थप स्तरवृद्धि गर्दै जाने योजना नगरले बनाएको छ । सदरमुकाम खलङ्गाबाट करिब एक घण्टाको पैदल यात्रामा पर्ने धिमीचौर आन्तरिक पर्यटकको चहलपहल बढेको छ”, उनले भने ।

घना जङगलको बीचमा ठूलो फाँट, त्यही फाँट हो धिमिचौर । अहिले विशेषगरि साउन र भदौमा धिमीचौर पर्यटकले भरिभराउ हुन्छ । शुक्रबार र शनिबार तथा बिदाको दिनमा आन्तरिक पर्यटकको घुँइचो लाग्ने गरेको स्थानीय हिम्मत बुढ्थापाले जानकारी दिए ।

धिमीचौरमा घुम्न आउनेको सङ्ख्या बढेपछि पाटनसम्मका फाँटमा बिस्कुट, चाउचाउका प्लास्टिक, सिसा, रेडबुल र पानीका बोत्तल भेटिने बताउँदै लक्ष्मी खत्रीले पर्यटकीय गतिविधि बढेसँगै आयआर्जन बढ्नुका साथै वातावरणमा फोहर पनि बढिरहेको उल्लेख गरे । फोहर व्यवस्थापनका लागि ठाउँठाउँमा फोहर फाल्ने खाडलको व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए ।

“पहिला बाउबाजेले बर्खायाममा गाईगोठका रूपमा प्रयोग गर्ने धिमीचौर अहिले आन्तरिक पर्यटनको मुख्य गन्तव्यका रूपमा विकसित हुँदै गएको छ । स्थानीय सरकारले पूर्वाधार विकाससँगै फोहर व्यवस्थापनको पहल गरे थप पर्यटन प्रवर्द्धन भई स्थानीयको आर्थिकस्तर सुधार हुँदै जाने थियो”, उनले भने ।

Logo