अमित ढुंगाना महालक्ष्मीको नयाँ प्रमुख प्रशासकीय अधिकृत

अमित ढुंगाना महालक्ष्मीको नयाँ प्रमुख प्रशासकीय अधिकृत

काठमाडौं एक्सप्रेस

ललितपुर- महालक्ष्मी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा अमित ढुंगानाको सरूवा भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट ढुंगानाको महालक्ष्मी नगरपालिकामा सरूवा भएको हो । महालक्ष्मी नगरपालिकाले सोमबार एक विशेष कार्यक्रमका बीच नयाँ प्रमुख प्रशासकीय अधिकृत ढुंगानालाई स्वागत गरेको हो । उनको स्वागतमा नगरप्रमुख हरिगोविन्द श्रेष्ठसहित जनप्रतिनिधि र मन्त्रालयका उच्च अधिकारी सहभागी थिए ।

कार्यक्रममा महालक्ष्मी नगरपालिकाका निवर्तमान प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेल बिदाइ समेत गरिएको थियो । पौडेलको नगर सेवा, व्यवस्थापन र विकासप्रतिको योगदानलाई नगरप्रमुख श्रेष्ठले विशेषरूपमा उल्लेख गर्दै धन्यवाद व्यक्त गरे । उनले पौडेलको कार्यकाल नगरको समग्र उन्नतिमा प्रेरणादायी रहेको भन्दै आगामी दिनका लागि सफलताको शुभकामना पनि दिए ।

नगरप्रमुख श्रेष्ठले ढुंगानालाई सहकार्य, समन्वय र जनसेवाको भावना बोकी नगर प्रशासनमा अगाडि बढ्न सुझाव दिँदै शुभकामना प्रकट गरे ।

कार्यक्रममा वडाध्यक्षहरू, वडा सदस्यहरू, विभिन्न शाखा प्रमुखहरू तथा नगरपालिका कार्यालयका कर्मचारीहरूको उपस्थिति थियो।

Logo