सुनको मूल्य तोलामा ११०० रुपैयाँ घट्यो

सुनको मूल्य तोलामा ११०० रुपैयाँ घट्यो

काठमाडौं एक्सप्रेस

काठमाडौँ । सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा ११०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १ लाख ९९ हजार २०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार घटेर तोलामा १ लाख ९८ हजार १०० रुपैयाँ कायम भएको हो।  

यस्तै चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा २ हजार ३३० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार घटेर २ हजार ३१५ रुपैयाँ कायम भएको हो।   

Logo