काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा १ लाख ९६ हजार ८०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा १०० रुपैयाँ बढेको हो।
बुधबार छापावाल सुन तोलामा १ लाख ९६ हजार ७०० रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा २ हजार ३२५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर तोलामा २ हजार ३४० रुपैयाँ कायम भएको हो।
प्रतिक्रिया