काठमाडौँ, । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भारतका विदेशसचिव विक्रम मिश्रीले शिष्टाचार भेट गरेका छन् ।
नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आइपुग्नुगेका विदेशसचिवले अध्यक्ष निवास खुमलटारमा भेट गरेका हुन् ।
त्यस अवसरमा उनहरूबीच नेपाल–भारत सम्बन्धका विविध विषयमा विचारविमर्श भएको अध्यक्ष दाहालको निजी सचिवालयले जनाएको छ ।
प्रतिक्रिया