काठमाडौँ, । राष्ट्रिय समाचार समिति राससको महाप्रबन्धकमा पाँचथरका सन्दीप राई नियुक्त हुनुभएको छ । लामो समयदेखि पत्रकारिता र मानवअधिकारका क्षेत्रमा सक्रिय राई विस २०४२ असार २४ गते पाँचथर, फालेलुङ गाउँपालिका(३ मा जन्मएका हुन् ।
मन्त्रिपरिषद्को गत साउन २६ गतेको बैठकले राईलाई राससको महाप्रबन्धक पदमा नियुक्त गरेको थियो । नेपाल सरकारको नीति अनुसार खुला प्रतिस्पर्धाको आधारमा उन महाप्रबन्धक पदमा नियुक्त भएका हुन् ।
नेकपा ९एमाले० निकट प्रेस चौतारी नेपालका केन्द्रीय सदस्यसमेत रहनुभएका राई विगत दुई दशकदेखि पत्रकारिता क्षेत्रमा संलग्न छन् । महाप्रबन्धक राईसँग मोफसल र काठमाडौँमा विभिन्न सञ्चारमाध्यममा काम गरेको अनुभव छ । तत्कालीन भौतिक पूर्वाधार तथा यातायात र सञ्चार तथा सूचना प्रविधिमन्त्री वसन्तकुमार नेम्वाङको प्रेस संयोजकसमेत रहेका राईसँग विभिन्न पत्रपत्रिका, रेडियो र अनलाइनमा काम गरिसकेका छन् ।
महाप्रवन्धक राई पूर्वाञ्चल विश्वविद्यालयबाट आम सञ्चार र पत्रकारिता विषयमा स्नातकोत्तर हुनुहुन्छ । उनले त्रिभुवन विश्वविद्यालयबाट बिएड गर्नुभएको छ । अध्ययन, अनुसन्धानमा रुचि राख्ने महाप्रबन्धक राईले अन्तरराष्ट्रिय विश्वविद्यालयहरुमा कार्यपत्र समेत प्रस्तुत गरेको र ख्यातिप्राप्त विभिन्न निकायबाट तालिम र अनुभव हासिल गरेका छन् ।
उनको पत्रकारितासँगै मानवअधिकारको क्षेत्रमा पनि लामो अनुभव छ । साहित्य लेखनमा रुचि राख्ने उनका साहित्यसम्बन्धी पुस्तक प्रकाशित छन् । गोरखापत्र दैनिक, नागरिक दैनिकलगायत राष्ट्रिय सञ्चारमाध्यममा उनका लेख रचना प्रकाशित छन् ।
प्रतिक्रिया