माओवादीप्रति जनताको आशा, भरोसा र साथ छः अध्यक्ष दाहाल

माओवादीप्रति जनताको आशा, भरोसा र साथ छः अध्यक्ष दाहाल

काठमाडौं एक्सप्रेस

लमजुङ, । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय माओवादीप्रति जनताको आशा, भरोसा र साथ रहेको बताएका छन् ।

मध्यपहाडी लोकमार्ग अभियानअन्तगर्त आज लमजुङको सुन्दरबजार नगरपालिका(९ स्थित भोँटेओडारमा आयोजित सभामा आफू सरकारको नेतृत्वमा रहेका बेला देश र जनताको पक्षमा काम गरेकाले अहिले पनि जनताको आशा, भरोसासहित साथ रहेको धारणा राखे । आफ्नो पार्टी अहिले सरकारबाहिर रहे पनि जनता केन्द्रित भएर काम गरिरहेको उल्लेख गरे ।

अन्य पार्टीका नेतृत्वले माओवादी अल्पमतमा पुगेको भन्नेमा कुनै सत्यता नभएको बताउँदै अध्यक्ष दाहालले पार्टीले गरेका सकारात्मक कामको मूल्याङ्कन गर्दै पार्टीप्रति जनताको साथ रहेको बताए । उनले आगामी निर्वाचनमा माओवादी केन्द्र मुलुकको ठूलो दल बन्ने विश्वास व्यक्त गरे ।

अध्यक्ष दाहालले माओवादी नेतृत्वको पहिलो सरकारका बेला मध्यपहाडी लोकमार्ग, हुलाकी मार्ग, उत्तर(दक्षिण करिडोर निर्माण, गरिब किसानका लागि रु ३० हजारसम्मको ऋण मिनाहालगायत काम गरेको स्मरण गरे । उनले भने, “दोस्रो कार्यकालमा सविधान निर्माणदेखि लोडसेडिङ अन्त्य गर्दै अन्य मुलुकलाई बिक्री गरेर देशलाई आर्थिक विकास गरेका थियौँ ।”

तेस्रो कार्यकालमा जलवायु न्यायको मुद्दा अन्तरराष्ट्रियस्तरमा उठाउने, भारत र बङ्गलादेशसँग विद्युत् व्यापार सम्झौता गर्ने, चीनसँग १४ नाका खोल्ने, सुशासनको अभियान सञ्चालन गर्नेलगायत काम भएका अध्यक्ष दाहालले दाबी गरे । पार्टीले जनताका पक्षमा प्रशस्त काम गरे पनि प्रचारप्रसार नगर्दा जनतासम्म पुग्न नसकेको उनको भनाइ छ ।

यो अभियानले जनतालाई सत्यरतथ्य बुझ्न र भविष्यमा सही बाटो देखाउन सहयोग पुर्‍याउने अध्यक्ष दाहालले विश्वास व्यक्त गरे । कार्यक्रममा अध्यक्ष दाहालसहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णबहादुर महरा, नन्दकिशोर पुन, अग्निप्रसाद सापकोटा, महासचिव देवप्रसाद गुरुङलगायत नेताहरूको सहभागिता थियो ।

Logo