माइतीघरमा जेनजी पुस्ताले आज बृहत प्रदर्शन गर्दै

माइतीघरमा जेनजी पुस्ताले आज बृहत प्रदर्शन गर्दै

काठमाडौं एक्सप्रेस

भ्रष्ट्राचार,अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयविरुद्ध जेन जी पुस्ताहरूले आज माइतीघरमा बृहत गर्दैछन् । बिहान ८ बजेदेखि नै जेनजीहरू माइतीघरमा भेला भएका छन् । उनीहरू स्वतःस्फूर्त रूपमा माइतीघरमा भेला भएर प्रदर्शनमा उत्रिएका हुन् ।

सामाजिक सञ्जालमा मात्रै सिमित यो पुस्ता सरकार र राजनीतिक दलका नेताविरुद्धको आक्रोशलाई सडकमा पहिलो पटक उतरिएका हुन् ।

उनीहरूको यो आन्दोलनलाई विभिन्न राजनीतिक दल, जनप्रतिनिधि, कलाकार, विभिन्न पेशा व्यवसायमा संलग्न व्यक्ति र स्वतन्त्र युवाहरुले समर्थन गरेका छन् ।

Logo