प्रधानमन्त्री ओलीद्वारा राजीनामा

प्रधानमन्त्री ओलीद्वारा राजीनामा

काठमाडौं एक्सप्रेस

काठमाडौँ, । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । उनले मुलुकमा उत्पन्न असमान्य परिस्थितिलाई ध्यानमा राख्दै आज पदबाट राजीनामा दिएका छन् उनको सचिवालयले जनाएको छ ।

विक्रम संवत् २०८१ असार ३१ गते नेपालको संविधानको धारा ७६ ९२० अनुसार प्रधानमन्त्री नियुक्त भएका उनले संविधानसम्मत् राजनीतिक निकास र समस्या समाधानको थप पहलका लागि संविधानको धारा ७७ (१० ९क) बमोजिम आजैका मितिदेखि लागू हुनेगरी पदबाट राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले का अध्यक्षसमेत हुनुभएका ओली पछिल्लो पटक २०८१ असार ३१ गते नेपाली कांग्रेसलगायत दलहरुको समर्थनमा प्रधानमन्त्री बनेका थिए ।

Logo