अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह

अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह

काठमाडौं एक्सप्रेस

lgdf{0f ul/Psf] kSsL ;8s sf:sL,@& c;f]h M /fli6«o uf}/jsf] lgdf{0ffwLg dWokxf8L -k’iknfn_ /fhdfu{sf] sf:sL klZrd v08cGtu{t kf]v/f dxfgu/kflnsf–@% ofDbLb]lv 366]vf]nf;Ddsf] xfn} lgdf{0f ul/Psf] kSsL ;8s . ;f] v08sf] xfn;Dd (% k|ltzt sfd ;lsPsf] 5 . t:jL/ M s[i0f bjf8L÷/f;;

गण्डकी, । कास्की जिल्ला प्रशासन कार्यालयले अत्याश्यक कामबाहेक बाहिर ननिस्कन सर्वसाधारणसँग आग्रह गरेको छ ।प्रशासनले आज सूचना जारी गर्दै जेनजी प्रदर्शनका क्रममा यही भदौ २३ र २४ गते जिल्लाका विभिन्न स्थानमा भएको विरोध प्रदर्शनका क्रममा अवाञ्छित तत्वसमेत प्रवेश गरी सरकारी, अर्धसरकारी तथा निजी सम्पत्ति, व्यापारिक प्रतिष्ठान, होटल आदि तोडफोड, आगजनी तथा लुटपाट भएको जनाएको छ । 

त्यस्ता गतिविधिलाई नियन्त्रण गर्न गत राति १०ः०० बजेदेखि नेपाली सेनासहित जिल्लास्थित सुरक्षा निकाय परिचालन भइसकेको र जिल्लामा शान्ति सुरक्षा सामान्य बन्दै गएको सूचनामा उल्लेख गरिएको छ ।

यस विषम परिस्थितिमा आमसर्वसाधारणलाई संयमित रहन आग्रह गर्दै अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह गरिएको छ । कुनै अवाञ्छित तथा अराजक गतिविधि भएमा नेपाली सेनाको ०६१–५८११६०, ९७६३२४६०२२, नेपाल प्रहरीको ९८५६०३९५९९, सशस्त्र प्रहरी बलको ०६१–५४४०८८, ९८५१२७२२०८० र १११४ ९टोल फ्रि० मा सम्पर्क गरी खबर गर्न सबैमा प्रशासनले आग्रह गरेको छ ।

Logo