काठमाडौं – प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले देशमा विद्यमान विषम परिस्थितिको समाधान संवैधानिक प्रक्रियाबाटै खोज्नुपर्ने बताएका छन्।
दुवै सभामुख–अध्यक्षले संयुक्त विज्ञप्ति जारी गर्दै जनतामा निहित सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाधीनतालाई सर्वोपरि मान्दै राष्ट्रपतिले सुरु गरेको पहललाई समर्थन जनाएका हुन्।
२३ र २४ भदौमा जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति संघीय संसद्ले गहिरो दुःख व्यक्त गरेको छ। विज्ञप्तिमा आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ।
घिमिरे र दाहालले विधिको शासन र संविधानवादबाट बाहिर नजान सबै पक्षलाई सचेत गराउँदै संवैधानिक दायराभित्रै रहेर समस्याको समाधान खोज्न आग्रह गरेका छन्।
प्रतिक्रिया