प्रधानमन्त्री कार्कीद्वारा पदबहाली

प्रधानमन्त्री कार्कीद्वारा पदबहाली

काठमाडौं एक्सप्रेस

प्रधानमन्त्री कार्कीद्वारा पदभार गहण काठमाडौँ, २९ भदौः प्रधानमन्त्री सुशीला कार्कीद्वारा आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गर्नुहुँदै । तस्बिरः नवीन पौडेल÷रासस

काठमाडौँ, । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेका छन् । यही भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी उनले गृहमन्त्रालयका लागि नयाँ निर्माण गरिएको भवनमा पदबहाली गरेका हुन् ।

सो अवसरमा सरकारका मुख्यसचिव एकनारायण अर्याल, सचिवहरू, सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीलगायत उपस्थित थिए । पदबहालीपछि प्रधानमन्त्री कार्कीले मुख्यसचिवसहित सचिवहरूसँग मन्त्रालयको कार्यविवरणका सम्बन्धमा जानकारी लिएका थिए ।

यही भदौ २३ र २४ गते जेनजीले गरेको आन्दोलनपछि राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।

Logo