काठमाडौं – राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरी बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका छन् । आज बिहान प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटमा अध्यक्ष दाहालले प्रधानमन्त्री कार्कीलाई बधाईसहित शुभकामना व्यक्त गरेका हुन् ।
भेटमा देशको विकसित घटनाक्रम र समसामयिक राजनीतिक अवस्थाका विषयमा पनि छलफल भएको थियो । अध्यक्ष दाहालले राष्ट्रिय सभाको कामकाज, हालको अवस्था र बानेश्वरस्थित संघीय संसद भवन तथा सिंहदरबारस्थित संघीय संसद सचिवालयमा भएका क्षतिका बारेमा जानकारी गराएका थिए ।
प्रधानमन्त्री कार्कीले राष्ट्रिय सभाको महत्त्वपूर्ण भूमिका रहेको स्मरण गराउँदै देशलाई शान्ति र स्थिरताको मार्गमा लैजान सबैले सहकार्य गर्नुपर्नेमा जोड दिए । उनले वर्तमान राष्ट्रिय सङ्कटलाई सहकार्य र संवैधानिक मार्गबाट समाधान गर्न सबै पक्षसँग मिलेर अघि बढ्न आग्रह गरे ।
प्रतिक्रिया