प्रधानमन्त्री कार्की र भारतीय प्रधानमन्त्री मोदीबीच भिडिओ कन्फरेन्समार्फत् वार्ता हुने

प्रधानमन्त्री कार्की र भारतीय प्रधानमन्त्री मोदीबीच भिडिओ कन्फरेन्समार्फत् वार्ता हुने

काठमाडौं एक्सप्रेस

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भिडिओ कन्फरेन्समार्फत् वार्ता गर्ने भएकी छन् । दुवै नेताबीचको कुराकानी आज दिउँसो सवा ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट हुने प्रधानमन्त्री निकट स्रोतले जनाएको छ।

कार्कीले पदभार ग्रहण गरेको भोलिपल्टै उच्चस्तरीय छलफल हुन लागेको हो। कार्कीको शपथग्रहणलगत्तै भारतको विदेश मन्त्रालयले सर्वप्रथम बधाई तथा शुभकामना दिएको थियो। त्यसपछि भारतीय प्रधानमन्त्री मोदीले मणिपुरमा भएको एक सम्मेलनमा नेपालको उदाहरण दिँदै नेपाल–भारत सम्बन्धलाई सुदृढ बनाउन इच्छा प्रकट गरेका थिए।

यसपटकको भिडिओ कन्फरेन्समा द्विपक्षीय सम्बन्ध, समसामयिक राजनीतिक परिस्थिति र आपसी सहयोगका विषयमा छलफल हुने अनुमान गरिएको छ।

Logo