काठमाडौँ – स्थगित भएको कक्षा १२ को मौका (पूरक) परीक्षाको नयाँ तालिका सार्वजनिक गरिएको छ।
राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) ले मंगलबार सार्वजनिक गरेको तालिका अनुसार परीक्षा यही असोज ७ र ८ गते हुने भएको हो।
यसअघि भदौ २८ र २९ गतेका लागि तोकिएको परीक्षा जेनजी आन्दोलन हिंसात्मक बन्दा स्थगित गरिएको थियो।
नयाँ तालिका अनुसार असोज ७ गते अनिवार्य अंग्रेजी विषय (००४१) सहित एक मात्र विषय परीक्षा दिने विद्यार्थीका सबै विषय र दुई विषय दिने विद्यार्थीका लागि सानो कोड भएको विषयको परीक्षा हुनेछ । अनिवार्य अंग्रेजी र नेपाली दुवै दिने विद्यार्थीले पहिलो दिन अंग्रेजी र दोस्रो दिन नेपालीको परीक्षा दिनुपर्नेछ।
यस्तै असोज ८ गते दुई विषय दिने विद्यार्थीका लागि ठूलो कोड भएको विषयको परीक्षा हुनेछ। यस दिन अंग्रेजी विषयको परीक्षा भने नहुनेछ।
प्रतिक्रिया