सभामुख र उपसभामुखद्वारा संसद् भवन निरीक्षण

सभामुख र उपसभामुखद्वारा संसद् भवन निरीक्षण

काठमाडौं एक्सप्रेस

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना जलेर नष्ट भएको नयाँबानेश्वरस्थित संघीय संसद भवनको बिहीबार निरीक्षण गर्नुहुँदै । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा उक्त भवन जलेर नष्ट भएको थियो । तस्बिरः विमलबहादुर बिष्ट/रासस

काठमाडौँ, । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे तथा उपसभामुख इन्दिरा रानाले गत भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा आगलागी भएको नयाँ बानेश्वरस्थित संसद् भवनको आज निरीक्षण गरेका छन् ।

निरीक्षण पश्चात् सञ्चारकर्मीसँग सभामुख घिमिरेले जनधनको क्षति हुने घटना भएकामा दुःख व्यक्त गरे । उनले भने, “राज्यलाई सबै नेपाली जनताले उठाउनुपर्छ ।” त्यसैगरी उनले अन्तरिम सरकारले वर्तमान समस्या समाधान गरी अगाडि बढ्नुपर्ने धारणा राखे ।

नेपालको संविधानको धारा ९१ ९६० ९क० अनुसार प्रतिनिधिसभा विघटन भएको अवस्थामा आफ्नो पदमा बहाल रहेका प्रतिनिधि सभाको सभामुख र उपसभामुख प्रतिनिधि सभाको लागि हुने अर्को निर्वाचनको उम्मेद्वारी दाखिल गर्ने अघिल्लो दिनसम्म पदमा बहाल रहने उल्लेख छ ।

Logo