काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मुल्य ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार २ लाख १५ हजार २०० रुपैयाँमा कारोबार भएकोमा शुक्रबार २ लाख १६ हजार कायम भएको छ ।
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा २ हजार ५२० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलाको २ हजार ५ सय ८० कायम भएको महासङ्घले जनाएको छ ।
प्रतिक्रिया