संसदीय सुनुवाइ समितिका निवर्तमान सभापति रामहरि खतिवडा ओलीको भग्नावशेष घर अवलोकन गरेका छन्
भक्तपुर– संसदीय सुनुवाइ समितिका निवर्तमान सभापति रामहरि खतिवडा शनिबार आगजनीबाट क्षतिग्रस्त निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको भक्तपुर बालकोटस्थित निवासमा पुगेका छन्।
खतिवडाले घटनास्थल अवलोकन गर्दै उनले ‘यो केवल एउटा घर जलाइएको होइन, इतिहास जलाइएको हो’ भन्ने टिप्पणी गरे। उनले जीवनभर लोकतन्त्र र मुलुकको समृद्धिको यात्रामा योगदान दिएका नेताको निवास जलाउनु दुःखद भएको बताए। “राजनीतिक विचार र असन्तुष्टि अलगै तरिकाले व्यक्त गर्न सकिन्छ, तर लोकतन्त्र र इतिहाससँग जोडिएको घर जलाउनु कुनै दृष्टिले जायज हुँदैन,” खतिवडाले भने।
खतिवडाले यस्तो कठिन समयमा सबै दल र नेताहरूबीच सहकार्य र संवेदनशीलता आवश्यक भएको उल्लेख गर्दै आफू ओली निवास पुगेको जानकारी दिए । ओलीको निवासमा आमा उपन्यासदेखि सुवास नेम्ङवाङको स्मृति ग्रन्थ लगायतका धेरै पुस्तक देख्दा आफू स्तब्ध भएको उनले बताए ।
बालकोटस्थित ओली निवासमा भदौ २४ गते प्रदर्शनकारीले आगजनी गर्दा पूर्णरूपमा घर नष्ट भएको छ ।





प्रतिक्रिया