काठमाडौँ । नवनियुक्त मन्त्रीहरूको शपथग्रहण समारोहमा सभामुख देवराज घिमिरे पनि सहभागी भएका छन्। यसअघि प्रधानमन्त्री र मन्त्रीको शपथमा अनुपस्थित रहने गरेका सभामुख आज भने शीतल निवासमा आयोजित ४ मन्त्रीको शपथ समारोहमा उपस्थित भएका हुन्।
प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा नियुक्त भएका मन्त्रीहरू—जगदीश खरेल, महावीर पुन, अनिल सिन्हा र मदन परियारले आज पद तथा गोपनीयताको शपथ लिइरहेका छन्। समारोह अहिले शीतल निवासमा जारी छ।
शपथ कार्यक्रममा सभामुख घिमिरेसँगै प्रधानमन्त्री कार्की, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, उपराष्ट्रपति रामसहाय प्रसाद यादवलगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको छ। तर, मन्त्रीहरूको शपथ समारोहमा प्रमुख राजनीतिक दलका प्रतिनिधि र पूर्वप्रधानमन्त्रीहरू भने सहभागी भएनन्।
प्रतिक्रिया