आगजनीबाट थुप्रिएको फोहोर सफा गर्न निस्किए संसदका महासचिव

आगजनीबाट थुप्रिएको फोहोर सफा गर्न निस्किए संसदका महासचिव

काठमाडौं एक्सप्रेस

काठमाडौं— जेन्जी आन्दोलनमा आगजनी गरिएका सवारी साधन जलेर थुप्रिएको फोहोरको सफाइमा संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डे नै निस्किएका छन् ।

महासचिवको नेतृत्वमा आइतबार संघीय संसद सचिवालयको भवन नम्बर १ परिसरमा थुप्रिएको फोहोर सफा गरिएको आन्तरिक सेवा तथा योजना शाखाका उपसचिव अधिराज राईले जानकारी दिए । सरसफाइमा महासचिवसहित कर्मचारीहरू सहभागी भएका थिए ।

भदौ २४ गतेको जेन्जी आन्दोलनमा भवन नम्बर २ परिसरमा रहेका सवारी साधनमा आगजनी गरिएको थियो । आगजनीबाट १८ वटा गाडी र ३६ वटा मोटरसाइकल नष्ट भएका छन् । आगजनीबाट जलेका सवारी साधनलाई पनि सचिवालय परिसरबाट अन्यत्रै व्यवस्थापन गरिएको छ ।

Logo