‘संवैधानिक प्रक्रियाका आधारमा लोकतान्त्रिक मूल्यमान्यतालाई संरक्षण गर्ने’

‘संवैधानिक प्रक्रियाका आधारमा लोकतान्त्रिक मूल्यमान्यतालाई संरक्षण गर्ने’

काठमाडौं एक्सप्रेस

काठमाडौँ, । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले संवैधानिक प्रक्रियाका आधारमा लोकतान्त्रिक मूल्यमान्यतालाई संरक्षण गर्न पहल गर्ने बताएका छन् ।

आज आफ्नै निवासमा आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता डा महतले विगतमा भएका कमीकमजोरीलाई सुक्ष्म ढङ्गबाट समीक्षा गरी पार्टी अघि बढ्ने बताए । उनले यही असोज २६ गते पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बस्ने केन्द्रीय समितिको बैठकबाट महाधिवेशनसम्बन्धी विषयले निकास पाउने स्पष्ट गरे।

उनले लोकतन्त्रका पक्षमा जीवनभर लडेका पार्टीका शीर्ष नेताहरूप्रति वितृष्ण फैलाउने काम भएरहेको भनी आपत्ति व्यक्त गरे । संसदीय व्यवस्थासहित प्रजातन्त्रका पक्षमा लडेका राजनीतिक दलहरूलाई निषेध गर्न खाजेकाजस्ता चर्चा सामाजिक सञ्जालमा देखिएको उल्लेख गर्दै यदि त्यस्तो भए कांग्रेसलाई त्यो स्वीकार नहुने बताए ।

Logo