प्रहरी सहायक हबल्दार गुरुङको परिवारलाई रु १५ लाख प्रदान

प्रहरी सहायक हबल्दार गुरुङको परिवारलाई रु १५ लाख प्रदान

काठमाडौं एक्सप्रेस

कास्की, । ‘जेनजी’ प्रदर्शनका क्रममा मृत्यु भएका प्रहरी सहायक हबल्दार अमृत गुरुङको परिवारलाई रु १५ लाख प्रदान गरिएको छ ।

कास्कीको रुपा गाउँपालिका–५ रामादीका गुरुङलाई सरकारको तर्फबाट उपलब्ध गराउने सो आर्थिक सहायता रकम मृतक गुरुङका श्रीमती कान्तिलाई हस्तान्तरण गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिए ।

सरकारले जेनजी प्रदर्शनका क्रममा मारिएका आन्दोलनकारी र सुरक्षाकर्मीका परिवारलाई रु १५ लाख आर्थिक सहायता प्रदान गर्ने निर्णय अनुसार सहयोग रकम हस्तान्तरण गरिएको प्रजिअ शर्माले जानकारी दिए ।

प्रहरी सहायक हबल्दार गुरुङको काठमाडौँको प्रहरी प्रभाग कोटेश्वर कार्यरत रहेका बेला प्रदर्शनकारीको आक्रमणबाट गत भदौ २४ गते मृत्यु भएको थियो । उन सात वर्षअघि प्रहरी सेवामा प्रवेश गरेका हुन् ।

परिवारलाई आर्थिक सहायता र सहानुभति दिनका लागि प्रजिअ शर्मासहित रुपा गाउँपालिका अध्यक्ष नवराज ओझा, जनप्रतिनिधि, जिल्ला प्रहरी कार्यालयका प्रमुख नवीन कार्की लगायतका जिल्ला सुरक्षा समितिका सदस्यहरु घरमै पुगेका थिए ।

Logo